गुराँस लाइफद्धारा साधारण सभा आह्वान, बोनस पश्चात हकप्रद निष्काशन गर्ने

Mar 10, 2019 Merolagani

गुराँस लाइफ इन्स्यारेन्स कम्पनी (GLICL) ले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले चैत २१ गते बिहीबार, बिहान ११ बजे, बानेश्वर ब्याङक्वेट थापागाँउ काठमाण्डौंमा नवौं वार्षिक साधारण सभा डाकेको हो ।

सभामा इन्स्योरेन्स सञ्चालक समितिले आर्थिक वर्ष २०७३/०७४ को सञ्चित मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत (२५ लाख १ हजार ५३ रुपैयाँ) नगद लाभांश अनुमोदन गर्नेछ । 

यस्तै साधारण सभाले बीमा समितिको निर्देशन अनुसार बोनस शेयर र ५० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले ५० प्रतिशत बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। ५० प्रतिशत हकप्रद प्रयोजनको लागि कम्पनीले चैत ६ गते शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ । यसअनुसार चैत ५ गतेसम्म कायम शेयरधनीहरूले ५० प्रतिशत हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

यसैगरि बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफ्नो अधिकृत, जारी तथा चुक्ता पूँजी २ अर्ब कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदन गर्नेछ । नयाँ सञ्चालक सौरभ दुगडको नियुक्तीलाई पनि साधारण सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयर दाखिला खारेज (बुक क्लोज) चैत ६ गते देखि २१ गते सम्म गर्ने जनाएको छ । त्यस अनुसार चैत ५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ४ करोड ९ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ५१.४४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।