जनता बैंकको एटिएम धनगढीमा विस्तार

Mar 11, 2019 Merolagani

जनता बैंक नेपाल (JBNL) ले ग्राहकहरुको सुविधाका लागि धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु गरेको छ ।

यससँगै बैंकको एटिएम संख्या ९४ पुगेको छ । धनगढी उपमहानगरपालिका क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

धनगढी उप–महानगरपालिकाको उपमेयरसुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका थिए।

यो सगै  बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ्ग इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकको आगामी दिनमा आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।