ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ देखि एकिकृत कारोबार गर्ने

Mar 14, 2019 Merolagani

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योतिले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो ।

हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने सम्बनधमा दुई संस्थाहरुबीच गत असार ३१ गते सम्झौता भएको थियो ।

त्यसको करिब ८ महिना पछि अर्थात फागुन २७ गते कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको हो । त्यससंगै चैत १५ गते देखि ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले भने गत पुष १२ गते नै २ संस्थालाई गाभिनका लागि अन्तिम स्वीकृति दिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।