नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित ४० भन्दा धेरैको ज्यान गएको र ५० जना भन्दा धेरै मानिसहरू घाइते अवस्थामा रहेकाे बताइएको छ। उनीहरू मध्ये २० जनाकाे अवस्था गंभिर छ ।
न्यूजिल्याण्डका प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जना शंकास्पदलाई हिरासतमा लिइएको बताएका छन् । आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियन युवक भएको बताइएको छ । ‘लेट्स पार्टी स्टार्टस्’ भन्दै फेसबुक लाईभ सुरु गरेर युवकले मस्जिदमा आक्रमण गरेको बताइएको छ ।
न्युजिल्याण्ड भ्रमणमा रहेकाे बंगलादेशी राष्ट्रिय क्रिकेट खेलाडीहरु घटना घटाइएकाे मस्जिदमा नमाज पढ्न जाने भनिए पनि अन्तिम समयमा राेकिएका थिए । उनीहरू सुरक्षित रहेकाे समाचारहरूमा उल्लेख छन् ।