नेपालका कम्पनीले विदेशी पूँजी बजारमा धितोपत्र जारी गर्न पाउने

Mar 17, 2019 Merolagani

नेपालका पब्लिक लिमिटेड कम्पनीहरुले विदेशी मुलुकको पूँजी बजारमा धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्ने भएका छन् । सरकारले संसदमा दर्ता गराएको विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक, २०७५ मा उक्त व्यवस्था गरिएको छ ।

प्रस्तावित विद्येकमा नेपालमा स्थापना भएका कुनै पनि पब्लिक लिमिटेड कम्पनीहरु वा धितोपत्र जारी गर्न प्रचलित कानून अनुसार अख्तियारी पाएका संगठित संस्थाले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र, डिवेञ्चर वा अन्य धितोपत्र जारी गरी विदेशी मुद्रा भित्र्याउन सक्ने व्यवस्था गरिएको छ । धितोपत्र जारी गरिएको ऋण वा विदेशी मुद्रा नेपालमै लगानी गर्नुपर्नेछ ।

उक्त विधेयक संसदबाट पास भएको खण्डमा नेपालमा भएका पब्लिक कम्पनीहरुले विदेशी मुलुकको पूँजी बजारमा ऋणपत्र डिवेन्चर वा अन्य धितोपत्र जारी गर्न बाटो खुल्ला हुने धितोपत्र बोर्डले बताएको छ ।

यस विधेयक संसदबाट पास भए पछि पूँजी बजारमा विदेशी लगानी ल्याउने एउटा बाटो खुल्ला हुने र नेपाली कम्पनीहरुले लागत पूँजी विदेशी मुलुकबाट उठाउन सक्ने र विदेशी मुलुकको पूँजी नेपालको पूँजीबजारमा आउने वातावरण सिर्जना हुने बोर्डको भनाई छ ।

साथै उक्त बिधेयक अनुसार विदेशी लगानीमा नेपालमा स्थापना भएका कम्पनीहरुले समेत नेपालीको प्रचलित कानूनको अधिनमा रहि नेपालमा धितोपत्र जारी गरी ऋण लिन सक्ने व्यवस्था गरेको छ । यद्यपी उक्त धितोपत्र जारी गरी प्राप्त भएको पूँजी भने नेपालमा नै लगानी गर्नुपर्ने प्रावधान राखिएको छ ।

यदि त्यसो हुन सकेको खण्डमा नेपालको पूँजी बजारमा पूँजीगत लगानी बढ्ने सम्भवना मज्बुद बन्ने छ भने पूँजी बजारको आकार पनि फराकिलो हुने देखिन्छ ।

अहिले सरकार लगानी सम्मेलनको तयारीमा जोडतोडका साथ लागेको छ । सरकारले नेपालको व्यापार, पूँजीबजार र उद्योगहरुमा धेरै भन्दा धेरै विदेशी लगानी भित्राउने लक्ष्य पनि राखेको छ । जसका कारण पछिल्लो समय सरकार विदेशी लगानी भित्राउन बाधक बनेका कानूनी प्राबधानहरुलाई सहजीकरण गर्न नँया कानुनको निर्माण र पुरानालाई संशोधन गर्ने क्रमलाई तिब्रता दिएको देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।