तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट दुबैकाे शेयर कारोबार रोकियाे

Mar 18, 2019 Merolagani



तिनाउ  विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले आइतबार गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात नेप्सेले दुबै बैंकको चैत ४ गते साेमबारदेखि शेयर कारोबार रोक्का गरेको छ।

दुबै विकास बैंकहरु बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली २०७३ को चौथो संसोधन को विनियम ८ र ९ बमोजिम तथा शेयर स्वाप अनुपात एक बराबर एक वा सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मञ्जुर गरेका छन्। 

२०७६ साउन मसान्तभित्र मर्जर सकाउने उदेश्यका साथ हाल प्रादेशिक स्तरको विकास बैंक बन्न लागेको बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ती र हकप्रद जारी गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने  लक्ष्य बैंकको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।