तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट दुबैकाे शेयर कारोबार रोकियाे

Mar 18, 2019 Merolagani



तिनाउ  विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले आइतबार गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपश्चात नेप्सेले दुबै बैंकको चैत ४ गते साेमबारदेखि शेयर कारोबार रोक्का गरेको छ।

दुबै विकास बैंकहरु बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली २०७३ को चौथो संसोधन को विनियम ८ र ९ बमोजिम तथा शेयर स्वाप अनुपात एक बराबर एक वा सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मञ्जुर गरेका छन्। 

२०७६ साउन मसान्तभित्र मर्जर सकाउने उदेश्यका साथ हाल प्रादेशिक स्तरको विकास बैंक बन्न लागेको बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्ती र हकप्रद जारी गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने  लक्ष्य बैंकको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।