फाइनान्सले २१ औं वार्षिक साधारणबाट पारित सभाबाट पारित भएको चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशतले हुन आउने ५४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न स्वीकृत गरिएको निर्णयलाई रद्ध गर्ने विशेष प्रस्ताव आगामी साधारण सभामा राखेको छ ।
समस्याग्रस्त अरुण फाइनान्सलाई सम्हान्न आएको हाथवे समूहले फाइनान्सलाई ग्लोबल बैंकले प्राप्ती गर्ने भएपछि उक्त हकप्रद प्रस्ताव चैत २६ गते आह्वान गरेको साधारण सभाबाटै रद्ध गर्न लागेको हो। यसअघि २०७४ पुस २७ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त हकप्रद प्रस्ताव पारित भएको थियो।
सभामा सञ्चालक समिति अध्यक्षले पेश गर्ने २०७४/७५ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सानको हिसाबका सम्बन्धमा छलफल गरी अुनमोदन गर्ने प्रस्ताव छ । यस्तै लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि सभाका सामान्य प्रस्ताव रहेको छ ।
फाइनान्सले होटल रत्न इन धरान, सुनसरीमा बिहान ११ बजे २२ औं वार्षिक साधारण आह्वान गरेको छ। राष्ट्रिय स्तरको यस फाइनान्सको हाल ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १३ गतेदेखि १५ गतेसम्म बन्द रहनेछ । ग्लोबल आईएमई बैंकले एक्विजिशन गर्ने भएपछि फाइनान्सको शेयर कारोबार चैत १ गतेदेखि रोक्का छ ।