नबिल ब्यालेन्स फण्ड–२ को १२ करोड इकाई बिक्रीमा आउने

Mar 25, 2019 Merolagani



नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड सामूहिक लगानी कोषको इकाई सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ। 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त नबिल ब्यालेन्स फण्ड–२ योजनाको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले चैत १० गते अनुमति दिएको हो । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापन गरेको म्युचुअल फण्डको यो तेस्रो योजना हो।

नबिलकै चाैथाै सामूहिक लगानी काेष 'नबिल ब्यालेन्स फण्ड II'  अनुमतिका लागि बाेर्डकाे पाइपलाइनमा रहेकाे छ। 

नबिल म्युचुअल फण्डद्धारा सञ्चालित पाँच वर्षे अवधिकाे नबिल ब्यालेन्सड् फण्ड १ योजना २०७४ चैत २९ गते परिपक्व भएर २०७५ असार २७ गते रकम भुक्तानी गरिसकेको छ भने अर्को ७ वर्षे योजना नबिल इक्वीटी फण्ड सञ्चालनमा रहेको छ। नबिल इक्वीटी फण्ड २०८० कार्तिक १८ गते परिपक्क हुनेछ ।

बजारको गिरावटले सामूहिक लगानीकोषको इकाईमा लगानीको वातावरण सिर्जना हुन नसक्दा लामो समयदेखि बोर्डबाट सामूहिक लगानीकोषको इकाईको जारी गर्ने अनुमति पनि बन्द रहेको थियो। करिब पन्ध्र महिना पश्चात नबिल ब्यालेन्स फण्ड–२ ले इकाई बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

यसअघि २०७४ पुस १७ गते सिबिआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ ले इकाइ बिक्रीको अनुमति पाएको थियो ।

शेयर बजारको दोस्रो बजारबाट हुने जोखिम मूल्याङ्कन गर्न नसक्ने र लगानीका लागि बैकल्पिक अवसर प्रदान गर्ने भनिने सामूहिक लगानी कोषको गिर्दो प्रगतिले आम लगानीकर्तामा सामूहिक लगानी कोषको इकाईमा रुचि घट्न थालेको छ ।

यसअघि प्रतिइकाई १० रुपैयाँमा लगानी गरेका लगानीकर्ताको इकाईको मूल्य शेयर बजारको गिरवाटले ७ रुपैयाँसम्म झरेपश्चात लगानीकर्तामा सामूहिक लगानी कोषको इकाईमा लगानीमा अरुचि देखिन थालेको हो । यसैको कारण यसअघि जारी गरेको केही फण्डको आकार समेत घटेको थियो ।

पछिल्लो पटक सिटिजन्स म्युचुअल फण्ड १ ले १० करोड इकाई जारी गर्न अनुमति जारी गर्न अनुमति पाएकोमा साे फण्ड काे ८ करोड २० लाख इकाई मात्र बिक्री भयो भने १० कराेड इकाइ नै बिक्री अनुमति पाएकाे एनआईसी एशिया ग्रोथ फण्डले पनि ८ करोड ३५ लाख २० हजार इकाई भन्दा बेच्न सकेन ।

मर्चेन्ट बैंकहरुले सर्वसाधारणलाई इकाई जारी गर्न बोर्डमा आवेदन दिएपनि इकाई बिक्री हुने सूनिश्चितता नहुँदा आवश्यक कागजात बोर्डमा पेश नगरे पश्चात स्वीकृतीमा ढिलाइ भएको हो। म्युचुल फण्डहरुको प्रथम लगानीको क्षेत्र शेयर बजारमा लगातार रुपमा ओरालो लाग्न थालेपछि मर्चेन्ट बैंकहरु पनि फण्ड जारी गर्ने उपयुक्त समयको पखाईमा रहेका थिए ।

७ वटा म्युचुअल फण्डहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ७७ कराेड ५० लाख सामूहिक लगानी कोषको इकाई जारी गर्न अझै बोर्डमा निवेदन दिएर अनुमतिको पखाईमा रहेका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।