प्रोग्रेशिभ फाइनान्सको साढे ६ लाख कित्ता शेयरमा बोलपत्र आह्वान

Mar 27, 2019 Merolagani

प्रोग्रेशिभ फाइनान्स (PROFL) ले यहि चैत २० गतेदेखि हकप्रदमा अवितरित ६ लाख ६७ हजार ३०५ कित्ता सर्वसाधारण शेयर तेस्राे पटक लिलामीमा ल्याउने भएको छ। यसअघि दुइ पटक लिलामी गरेको फाइनान्सले सबै शेयर बिक्री नभएपछि फेरि बिक्रीमा ल्याउन लागेको हो।

यसअघि माघ १५ देखि २२ सम्म फाइनान्सले १३ लाख ३० हजार २५५ कित्ता शेयर लिलामीमा ल्याएको थियो । सो पटक ६ लाख ६२ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट चैत २० गते बुधबारदेखि चैत २८ गते बिहीबारसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

फाइनान्सले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमा संस्थापक सबै बिक्री भए पनि सर्वसाधारण समूहतर्फ सबै शेयरमा आवेदन परेको थिएन ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर प्रतिकित्ता १२३ रुपैयाँ खरिद बिक्री भैरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले २ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।