सिटिजन्स बैंकको सीइओमा गणेशराज पोखरेल

Mar 27, 2019 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । चैत ११ गते बसेको सञ्चालक समितिको २९५ औं बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतकोरूपमा कार्यसम्पादन गर्दै आएका पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

पोखरेल २०७५ साल चैत्र १८ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि सीइओ नियुक्त भएका हुन् । तत्कालीन सीइओ राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात पोखरेलले कामु सीइओको रुपमा कार्यसम्पादन गर्दै आएका थिए । 

स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध भई विभिन्न पदमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पोखरेलले ०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनिसँग व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले सीइओ नियुक्ति भएसँगै पोखरेलले नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।