महालक्ष्मी लाइफको बीमा सेवा अब ओम डेभलपमेण्ट बैंकबाट

Mar 27, 2019 Merolagani

ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सका बिचमा बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । महालक्ष्मी लाइफका बीमा सेवाहरु ओम डेभलपमेण्ट बैंकबाट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकले देश भर रहेका ५३ वटा शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना यस अघि नै सार्वजनिक गरिसकेको छ ।

यहि चैत मसान्त भित्रमा इन्स्योरेन्सले देशका २३ स्थानबाट सेवा दिने तयारी गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।