प्रभु बैंकले पनि एक अर्बको ऋणपत्र जारी गर्ने, दश वर्ष अवधि

Mar 29, 2019 Merolagani

ऋणपत्र जारी गर्ने वाणिज्य बैंकमा प्रभु बैंक (PRVU)  पनि थपिएको छ। बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

ऋणपत्र निष्काशन सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे।

दश वर्ष अवधिको उक्त “प्रभु बैंक डिबेञ्चर २०८६” मा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ ।

बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव अझै समाधान हुन सकेको छैन ।

यसैको सम्बोधनका लागि एकपछि अर्को गर्दै बैंकहरु दीर्घकालीन पूँजी स्रोत जुटाउन ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन्। तर पछिल्ला दिनहरुमा ऋणपत्रको अपेक्षित बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।

अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले प्राथमिक पूँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न छुट दिएपश्चात लगानीयोग्य पूँजी अभावको मार झेलिरहेका सबै वाणिज्य बैंकहरु यतिखेर दीर्घकालीन लगानी जुटाउने अभियानमा नै लागेका छन् ।

हाल एनएमबि बैंकको १२ लाख युनिट ऋणपत्र पनि बिक्रीमा छ । यस्तै सनराइज बैंकले यहि चैत २० गतेदेखि एक अर्ब रुपैयाँ बराबरको १० लाख युनिट ऋणपत्रको बिक्री खुला गर्दैछ ।

नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख युनिट, हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट र इन्भेष्टमेन्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट गरि कूल ८ अर्बकाे ऋणपत्र बिक्री प्रकृया अगाडि बढाएका छन् । यसै लहरमा हाल प्रभु बैंक पनि थपिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।