कृषि विकास बैंकको साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश

Mar 29, 2019 Merolagani

कृषि विकास बैंकको साधारण सभाले लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित गरेको छ। बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा शुक्रबार सम्पन्न साधारण सभाले १५.०५३ प्रतिशत नगद लाभांश तथा ६ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक सदस्य चयन गरेको छ। जसमा संजिव पौडेल, हरिप्रसाद पराजुली र विनोद कुमार गुरागाईँ रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।