अनलाइन कारोबार प्रणालीमा यस्ता थिए समस्या, कति भए समाधान ?

Apr 01, 2019 Merolagani

गलत हल्लाको पछि नलाग्न नेप्सेको आग्रह
नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीका सम्बन्धमा भैरहेको टीकाटीप्पणीलाई सम्बोधन गर्न भन्दै विज्ञप्ति जारी गरेको छ । दोस्रो बजार कारोबारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्न पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) कार्यान्वायनमा ल्याइएको र यसमा कुनै समस्या नरहेको बताएको छ । 

विज्ञप्तिमा नेप्सेले भनेको छ, 'इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँवाट प्रणालीमा प्रवेश गरी धितोपत्रहरुको खरिद बिक्रि आदेश प्रविष्ट गरी वास्तविक समयमा कारोबार गर्न सकिने अनलाइन कारोबार प्रणाली सुरु गरिएको छ ।'

२०७२ फागुन ४ मा वाइकोसँग भएको सम्झौता पछिका विभिन्न घटनात्रमले अनलाइन कारोबार प्रणालीको निर्माणको काम पर धकेलिएको बताएको नेप्सेले ढिलो गरेर गत साउनदेखि नयाँ तथा पुरानो प्रणालीलाई समानान्तर रुपमा सञ्चालन गरेको थियो ।

गत कात्तिक २० गतेदेखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली कार्यान्वायनमा आए पछि देखिएका विभिन्न समस्याहरुले बजार सुस्त बनेको थियो । नेप्सेले सबै किसिमका समस्या समाधान भैसकेको भन्दै नेप्सेको नट्समा कुनै समस्या नरहेको बताएको छ ।

नेप्सेले अनलाइन कारोबार प्रणालीमा देखिएका समस्या समाधानका पहललाई यसरी व्याख्या गरेको छ ।

नट्सको प्रयोग गरी ब्रोकर तथा लगानीकर्ता स्वयमले दैनिक कारोबार गर्दै आइरहेका छन । सुरुवाती दिनमा रहेका समस्याहरु समाधान भइ प्रणाली स्थायित्वतिर गएको नेप्सेको बुझाई छ । लगानीकर्ताको सहभागिता समेत बढ्दै जानुका साथै कारोबार रकममा समेत बढोत्तरी भएको नेप्सेको भनाई छ ।

अनलाइन कारोबार प्रणालीलाई आईएसओ सर्टिफिकेशन लिने काम बाँकी रहेको नेप्सेले जनाएको छ । यसका साथै लगानीकर्ताको माग अनुसार २ वा सोभन्दा बढी डिम्याट खातालाई अनलाइन कारोबार प्रणालीमा प्रविष्ट गराउनका लागि धितोपत्र बोर्डसँग स्वीकृति माग गरि सकिएको नेप्सेले जनाएको छ । यसबाट लगानीकर्ताले सहज रुपमा दोहोरो डिम्याटा खाताबाट शेयर कारोबार गर्न सक्ने विश्वास नेप्सेको छ ।

सरोकारवालाबाट अपेक्षा शिर्षकमा नेप्सेले भनेको छ, 'दोस्रो बजार कारोबार विकासका सम्बन्धमा नेप्से अनलाईन प्रणाली एक कोसेढुंगो हो । यसको सम्बद्र्धनबाट लगानीकर्ता, बजार सञ्चालक, बजार सहभागी, नियमक निकाय तथा समग्र पुँजी बजारको हित हुने हाम्रो विश्वास छ । तसर्थ प्रणालीका बारेमा चलेका विविध चर्चालाई आआफ्नो तहबाट बुझ्ने प्रयास गर्न नेप्से आह्वान गर्दछ । हल्लाका भरमा नट्सका बारेमा गरिएका अनावश्यक टिकाटिप्पणीको पछि नलाग्न नेप्से अनुरोध गर्दछ । खासगरी दोस्रो बजारमा कारोबार गरिरहेका वा गर्न ईच्छुक लगानीकर्तालाई सदस्य दलालमार्फत निशुल्क रुपमा युजर तथा पासवर्ड लिई अनलाइन प्रणालीमा सहभागी हुन नेप्से अनुरोध गर्दछ ।

अनलाईन कारोबारमा संलग्न प्रयोगकर्ताहरु बाट प्राप्त रचनात्मक सुझावलाई यथासक्य समावेश गर्दै लैजाने प्रतिवद्धता समेत नेप्से जाहेर गर्दछ । हाल स्वदेश तथा विदेशबाट अनलाइन प्रणालीमार्फत कारोबार गरिरहनुभएको लगानीकर्ता, सदस्य दलाल, नियमक निकाय, अर्थ मन्त्रालयबाट प्राप्त रचनात्मक सुझाव, सहयोग तथा समर्थनले हामीलाई अनलाइन प्रणालीलाई थप परिष्कृत गर्दै लैजान मद्दत पुग्ने अपेक्षा हामीले गरेका छौं ।'

नेप्सेले निकालेको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।