शिवम् सिमेन्ट्सले तोक्यो लाभांश वितरण र साधारण सभाका लागि बुकक्लोज

Apr 03, 2019 Merolagani

शिवम् सिमेन्ट्स (SHIVM) ले आगामी बैशाख ९ गते आह्वान गरेको तेस्रो वार्षिक साधारणको शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत २६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार चैत २५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार भई बैशाख २ गतेसम्म कायम रहेको शेयरधनीले साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

साथै साे समयसम्म कायम शेयरधनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

चैत १३ गते बसेको सञ्चालक समितिको ५६ औं बैठकले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम ४ अर्ब ४० करोड चुक्ता पूँजीको १५.७८९५ प्रतिशत (कर सहित ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरि उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण, चुनढुङ्गा तथा खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्ने, थप क्षेत्रमा अन्वेषण गर्ने, जग्गा खरिद तथा वन कार्यालयलको नाममा सट्टा जग्गा उपलब्ध गराउनुपर्ने जग्गाको हक हस्तान्तरण गर्न सञ्चालकलाइ समतिलाई पूर्ण अख्तियारी दिने रहेको छ ।

यस्तै समान उदेश्य भएका अन्य कम्पनी प्राप्ती गर्ने वा अन्य कम्पनीहरुको शेयर खरिद गरि उद्योग स्थापनाको कार्य गर्न तथा शेयरधनीको हितलाई ध्यानमा अन्य कुनै परियोजनामा लगानी गर्ने सम्बन्धि सम्पुर्ण काम गर्नसक्ने गरि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा लिनु परेको खण्डमा आवश्यकता अनुसार निर्णय गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने लगायतका रहेका छन्।

शिवम् सिमेन्ट्सले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता ३०० र स्थानीयबासिका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँका दरले कूल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।