गुराँस लाइफको लाभांश पारित, हकप्रद र बाेनसबाट २ अर्ब चुक्ता पूँजी पुर्याउने

Apr 05, 2019 Merolagani

गुराँस लाइफ इन्स्यारेन्स (GLICL) को बिहीबार सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

चैत २१ गते बिहीबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाले चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत (२५ लाख १ हजार ५३ रुपैयाँ) नगद लाभांश पारित गरेको हो। 

यस्तै साधारण सभाले बीमा समितिको निर्देशन अनुसार आर्थिक वर्ष २०७३/७४ को बोनस र ५० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

जीवन बीमा कम्पनीहरुले आगामी असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्देशन यसअघि नै बीमा समितिले दिईसकेको छ।

साेही अनुसार इन्स्योरेन्सले चुक्ता पूँजीकाे ५० प्रतिशत बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद चैत २८ गतेदेखि निष्काशन गर्दैछ। यसपश्चात ९३ करोड ८५ लाख २० हजार रुपैयाँको शतप्रतिशत हकप्रद र गत आर्थिक वर्षकाे नाफाबाट बाेनस वितरण गरि पूँजी कायम गर्ने तयारी कम्पनीकाे छ।

यसैगरि बीमा समितिको निर्देशन अनुसार कम्पनीले आफ्नो अधिकृत, जारी तथा चुक्ता पूँजी २ अर्ब कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ४ करोड ९ लाख ९५ हजार खुद नाफा आर्जन गरेको छ।

यस अवधिमा कम्पनी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ५१.४४ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।