नेपाल बैंककाे ५९ औं वार्षिक साधारण सभा आह्वान, शेयरधनीले कुनै लाभांश नपाउने

Apr 10, 2019 Merolagani

नेपाल बैंक (NBL) ले बैशाख २२ गते आइतबार ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत १९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले नेपाल ए.पी.एफ क्लब हलचोक स्वयम्भुमा बिहान ११ बजे सभा बोलाएको हो।

साधारण सभामा आर्थिक वर्ष २०७४/७५ का नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण माथि छलफल गरि पारित गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन र आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमि निर्धारण लगायतका साधारण एजेण्डा रहेका छन् ।

नेपाल बैंकले २२ वर्षपछि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले बैंकलाई रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात नेपाल बैंकका शेयरधनीहरु गत आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउनबाट बञ्चित भएका हुन्। गत आर्थिक वर्षकाे नाफाबाट लाभांश नपाएपनि शेयरधनीले चालु आर्थिक वर्षकाे मुनाफाबाट भने लाभांश वितरण गर्नसक्ने अवस्थामा बैंक पुगेकाे छ ।

साधारण सभाका लागि बैंकले बैशाख ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बैशाख ८ गते आइतबारसम्म कायम रहने शेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।