आइएमई जनरल इन्स्योरेन्सको ‘आइजीआई बिद्यार्थी बीमालेख’ जारी, अभिभावक पनि समेटिने

Apr 10, 2019 Merolagani

आइएमई जनरल इन्स्योरेन्स(IGI) ले ‘आइजीआई विद्यार्थी बीमालेख’ जारी गरेको छ । इन्स्योरेन्सले राजधानीमा एक कार्यक्रम आयोजना गरी कक्षा १ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित नयाँ बीमाले जारी गरेको हो ।

इन्स्योरेन्सले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने जनाएको छ । यस बीमालेखले बिद्यार्थीहरुलाई बीमा सुरक्षा प्रदान गर्न र संभावित दुर्घटनाबाट अभिभावक र विद्यालयलाई आर्थिकभर नपर्ने इन्स्योरेन्स कम्पनीको भनाई छ ।

यस योजनामा सहभागि हुन बार्षिक ८६० रुपैयाँ (कर बाहेक) बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ । विमित विद्यार्थीको दुर्घटनाबाट मृत्यु भएमा एक लाख रुपैयाँ तथा अभिभावकको हकमा ५ लाख रुपैयाँ बराबरको बीमांक रकम कायम गरिएको छ ।

अंगभंग भएको विमित विद्यार्थीको हकमा बीमांक रकमको ३ सय प्रतिशत अर्थात ३ लाख सम्म तथा अभिभावकको हकमा बीमांक रकमको ५० प्रतिशत अर्थात २ लाख ५० हजार रुपैयाँ भुक्तानी हुनेछ । अस्थायी पूर्ण अशक्त विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शुल्क वापत प्रति महिना अधिकतम १० हजारको दरले दुई महिनाको शैक्षिक शुल्क भुक्तानी हुने इन्स्योरेन्सले जनाएको छ ।

यस्तै यस योजनामा कुल विमांक रकमको २५ प्रतिशत सम्मको औषधोउपचार सुविधा, बिरामी भएर अस्पताल भर्न भएमा ५० हजार र अस्पताल शैया शुल्क स्वरुप प्रतिदिन दुई हजार रुपैयाँ सम्म भुक्तानी हुने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।