कामना सेवाको लाभांस प्रस्ताव प्रकरण : टाइप मिस्टेक, भएको के हो ?

Apr 10, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले कामना सेवा विकास बैंकलाई सञ्चालक समितिको निर्णय ढिलो गरी सार्वजनिक गरेको भन्दै गरेको कार्वाहीका सम्बन्धमा प्रष्टोक्ति दिएको छ । बैंकले सञ्चालक समितिको बैठक बसेको मिति टाइप मिस्टेकका कारण एक दिन अघिको मिति उल्लेख भएको बताएको छ ।

मेरोलगानीलाई बैंकले दिएको जानकारी अनुसार नगद लाभांस तथा बोनस प्रस्ताव गरेको सञ्चालक समितिको बैठक चैत २५ गते बसेको हो ।

तर नेप्सेमा पठाइएको सूचनामा गलतबस सञ्चालक समितिको बैठक चैत २४ गते बसेको भनी उल्लेख भएको बैंकले मेरोलगानीलाई बतायो ।

नेपाल स्टक एक्सचेञ्जलाई पनि यसै विषयमा जानकारी गराइएको बताउँदै कामना सेवाले गलत नियतका साथ ढिलो सूचना प्रवाह नगरिएको प्रष्ट पारेको छ ।

नेप्सेले सञ्चालक समितिको बैठक बसेको २ दिन पछि मात्र सूचना उपलब्ध गराएको भन्दै एक दिनका लागि कारोबार स्थन गर्दै बैंकसँग प्रष्टीकरण सोधेको थियो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट मुनाफाबाट १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कूल ९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।