गुराँस लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन खुल्यो

Apr 11, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चैत २८ देखि ५० प्रतिशत हकप्रद खुला गरेको छ। इन्स्योरेन्सले चुक्ता पूँजीको २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ। उक्त हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन्।

धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

यसैगरि लक्ष्मी बैंकको शाखा कार्यालयहरू महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुर, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटाबाट पनि हकप्रदमा आवेदन गर्न सकिनेछ । हकप्रद भर्ने अन्तिम दिन २०७६ जेठ १ गते रहेको छ।

हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। २९ करोड ७० लाख रुपैयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ  पुग्नेछ। कम्पनीले चैत २१ गते सम्पन्न साधारण सभाले फेरि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ।

गुराँस लाइफ इन्स्योरेन्सको शेयर चैत २७ गते बुधबार प्रतिकित्ता ५२० रुपैयाँमा कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।