विजय लघुवित्तलाई शतप्रतिशत हकप्रद बेच्न राष्ट्र बैंकको अंकुश

Apr 15, 2019 Merolagani



विजय लघुवित्त वित्तीय संस्था (VLBS) लाई शतप्रतिशत हकप्रद निष्काशन गर्न राष्ट्र बैंकले रोक लगाएको छ। लघुवित्तले गत पुस १४ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित प्रस्ताव बमोजिम प्रबन्धपत्र संसोधनको स्वीकृती मागेकोमा केन्द्रीय बैंकले रोक लगाएको हो।

लघुवित्तको छैटौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको बोनस (१०%) पश्चात कायम चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजारको एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरि ३८ करोड ९६ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी पुर्याउने विशेष प्रस्ताव पारित भएको थियो । 

राष्ट्र बैंकले सो हकप्रद प्रस्ताव अनुरुप प्रबन्धपत्र संसोधन गर्न अस्वीकृत गर्दै बोनस पश्चात कायम हुने चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार कायम गर्न स्वीकृती दिएको हो।

राष्ट्र बैंकले लघुवित्तको प्रस्तावलाई अस्वीकृत गरेसँगै कम्पनी सञ्चालक समितिको चैत २८ गते सम्पन्न ९९ औं बैठकले हाललाई बोनस वितरण प्रकृया अगाडि बढाउने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगन गर्ने निर्णय गरेको हो। 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।