सेन्ट्रल फाइनान्सको लाभांश वितरण

Apr 18, 2019 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) को नगद लाभांश वितरण भएको छ । फाइनान्सको चैत १० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगदद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

फाइनान्सको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलका अनुसार फागुन २२ गतेसम्म आफ्नो शेयर अभौतिकिकरण गराएका शेयरधनीलाई बैशाख ४ गते सोमबारदेखि नगद निजहरुकै बैंक खातामा पठाएको छ । 

साथै हालसम्म पनि कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर अभौतिकिकरण गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट र बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुलाई क्रमश लाभांश वितरण गरिने जनाइएको छ ।

साथै भक्तपुर फाइनान्सलाई प्राप्ती गरि २०७३ चैत १० गतेदेखि एकीकृत कारोबार गरेको कारणले सो मितिसम्म कायम रहेका शेयरधनीलाई दुई वर्षसम्म कर नलाग्ने हुँदा सोही अनुसारको नगद र सो मितिपछिको हकमा कर कट्टी कगरि नगद जम्मा गरेको जनाएको छ ।

यस्तै २१ औं साधारण सभाबाट पारित बोनसमा कर लाग्ने शेयरधनीहरुको कर रकम समेत यसै नगदबाट काटिएको बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।