कृषि विकास बैंकले शेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश, बोनस कहिले पठाउँछ ?

Apr 18, 2019 Merolagani



कृषि विकास बैंक (ADBL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने नगद लाभांश शेयरधनीहरुकै बैंक खातामा वितरण गर्न थालेको छ। बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको मिति (फागुन १५ गते) सम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको बैंक खातामै लाभांश पठाउन थालेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको थियो । चैत्र १५ गते सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले लाभांश अनुमोदन गरेको थियो ।

सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गराएपछि बैंकले क्रमश नगद लाभांश जम्मा गर्दै जानेछ । ६ प्रतिशत बोनस शेयर भने सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा सूचीकरण पश्चात शेयरधनीको डिम्याट खातामा वितरण गरिने बैंकले जनाएको छ ।

बैंकले कागजी शेयर प्रमाणपत्र भएका आफ्ना शेयरधनीलाई शेयर अभौतिकिकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन यस अघिनै आग्रह गरिसकेको छ । बैंकले वितरण गर्ने लाभांश शेयरधनीको खातामा वितरण गर्ने भएकाले शेयर डिम्याट र बैंक खाता अद्यावधिक गराउन सूचित गरेको हो ।

बैंकले हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकिकरण गराउन पनि आग्रह गरिसकेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीलाई ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड रूपैयाँ पुगेको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।