छिमेक लघुवित्तले डाक्यो साधारण सभा, ४० प्रतिशत लाभांश प्रस्ताव

Apr 21, 2019 Merolagani



छिमेक लघुवित्त (CBBL) ले १७ औ वार्षिक साधारण सभा आहवान गरेको छ। लघुवित्तले साधारण सभा बैशाख ३० गते सोमबार बिहानको १०ः३० बजे हेटौडा स्थित होटल सामताको सभाहलमा साधारण सभा बोलाएको हो।

१७ औ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम छ । 

हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साधारण सभाका लागि लघुवित्त कम्पनीले बैशाख १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । यसअनुसार बैशाख १५ गते आइतबारसम्म कायम रहने छिमेकका शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

यस्तै सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।