रामेछापमा तारा एअरकाे बिमान दुर्घटना, सबै यात्रु सकुशल

Apr 22, 2019 Merolagani

रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ। अवतरणको क्रममा धावनमार्गमा चिप्लिए पनि कुनै मानवीय क्षति भने भएको छैन। सोलुखुम्वुबाट आएको सो बिमानमा १४ यात्रु थिए ।

बिमान चिप्लिएर बिमानस्थल ओगटेपछि अहिले त्यहाँ कुनै उडान हुन सकेको छैन।  बिमान के कारणले चिप्लिएको हो भन्ने अनुसन्धान गर्न उड्ययन प्राधिकरणका प्राविधिक टोली मन्थली गएको छ ।

गए रातीको वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरूले उडान भर्न सुरू गरेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।