समस्याग्रस्त वर्ल्ड मर्चेन्ट एण्ड फाईनान्सको नाफामा ठूलो गिरावट

Apr 23, 2019 Merolagani

वर्ल्ड मर्चेन्ट एण्ड फाइनान्स (WMBF) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा तीन करोड ९७ लाख रुपैयाँले घटेको हो । गत वर्षको यसै अवधिमा फाइनान्सले चार करोड ६० लाख खुद नाफा गरेको थियो । 

नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्या ग्रस्त संस्थाको रुपामा घोषणा गर्दा निक्षेप लिन र कर्जा परिचालन गर्न समस्या हुँदा नाफा संकुचित भएको फाइनान्सको भनाई छ ।

चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष २२ करोड ६८ लाख ९३ हजार रुपैयाँले नोक्सानीमा छ ।

समीक्षा अवधिमा ७ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले १७ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

निक्षेप संकलन र कर्जा लगानी गर्न नसक्दा फाइनान्सको खुद ब्याज आम्दानी घटेको छ । यस त्रैमासमा लघुवित्तले ६१ हजार ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोछ । गत वर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ९० लाख रुपैयाँ थियो । लघुवित्तले सम्भावित जोखिम मार्फत ४ करोड १४ लाख रुपैयाँ उठाएको छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात शतप्रतिशत रहेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५० पैसा छ । प्रतिशेयर नेटवर्थ १४ रुपैयाँ ६० पैसा छ भने मूल्य आम्दानी अनुपात २४.५६ गुणाले बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।