प्रभु बैंकको कीर्तिपुरमा शाखा विस्तार

Apr 23, 2019 Merolagani

प्रभु बैंक (PRVU) ले बैशाख ९ गतेदेखि काठमाण्डौ कीर्तिपुर न.पा. वडा नं. ९ मा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ। सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो ।

उक्त शाखाको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे।

साथै उनले नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भन्दै अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरेका थिए।

बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आप्mना ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

उनले बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आप्mनो आवश्यकता अनुसार कर्जा उपभोग गरी आर्थिक अवस्था सुदृढ गर्न अनुरोध गरे।

प्रभु बैंकको कीर्तिपुर शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।