लुम्बिनी विकास बैंकको खुद नाफामा आकर्षक बढोत्तरी

Apr 24, 2019 Merolagani

- प्रतिशेयर आम्दानीमा करिब १० रुपैयाँको सुधार।
लुम्बिनी विकास बैंक (LBBL) ले व्यवसाय विस्तारलाई तिब्रता दिँदा खुद नाफामा उच्च बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो।

चालु आवको तेस्रो त्रैमासमा बैंकले ३४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा गत आवको तेस्रो त्रैमासभन्दा १५ करोड ९० लाख रुपैयाँ बढी नाफा कमाएको हो।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन २५ तथा कर्जा लगानीलाई २७ प्रतिशत बढीले विस्तार गरेको हो। जसबाट बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म बैंकले २४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरि २२ अर्ब ३६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ७३ करोड २४ लाख रुपैयाँ कमाएको हो।

दुई अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ४६ करोड १४ लाख रुपैयाँ सञ्चित छ। चुक्ता पूँजी २.८० प्रतिशतले बढाएको बैंकको जगेडा कोष २७ प्रतिशतले सुधारिएको हो ।

पूँजी वृद्धिको तुलनामा बैंकको नाफा उच्च हुँदा यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४४ पैसाबाट २० रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५९ बाट घटेर २.१३ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ८.४० गुणा धेरै छ । बैंकको आधार ब्याजदर ११.१३ र कोषको लागत ८.७८ प्रतिशत रहेको छ । आधार ब्याजदर १.६२ प्रतिशत र निक्षेप संकलन लागत ०.४३ प्रतिशतले सुधार भएको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।