सानिमा बैंकको खुद नाफा ३०.७५% बढ्यो, कति बाँड्न सक्छ शेयरधनीलाई लाभांश ?

Apr 25, 2019 Merolagani

सानिमा बैंक (SANIMA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ३७ करोड ५ लाख रुपैयाँ अर्थात ३०.७५ प्रतिशले धेरै हो। गत वर्षको चैत मसान्तमा बैंकले एक अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वितरण योग्य नाफा एक अर्ब ११ करोड 

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ११ करोड १० लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख गरेको छ। जुन बैंकको खुद नाफा भन्दा ४६ करोड ४३ लाख रुपैयाँले थोरै हो।

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई १८.५२ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।

बैंकको जगेडा कोष १५.७७ प्रतिशत अर्थात ४३ करोड ९६ लाख रुपैयाँले वृद्धि भई तीन अर्ब २२ करोड ६२ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ । गत वर्षको यसै अवधिमा बैकको जगेडा कोषमा दुई अर्ब ७८ करोड ६६ लाख रुपैयाँ सञ्चित थियो।

निक्षेप संकलनभन्दा कर्जा विस्तारको वृद्धिदर झण्डै दोब्बर

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा लगानीको विस्तार उच्च छ । समीक्षा अवधिमा ९ प्रतिशतले बचत संकलन बढाएको बैंकको कर्जा लगानी १७ प्रतिशत धेरै बढेको छ।

तेस्र त्रैमाससम्म बैंकले ८५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७९ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कर्जा विस्तार उच्च वृद्धिले बैंकको कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशतमा बढेको छ ।

खुद ब्याज आम्दानी ३९ प्रतिशले सुधार

समीक्षा अवधिमा बैंकले दुई अर्ब ९१ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३९.४७ प्रतिशत अर्थात ८२ करोड ६३ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

ईपिएस ६ रुपैयाँ १७ पैसा बढ्यो

गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको बैंकको पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा ६ रुपैयाँ १७ पैसा बढोत्तरी भएको छ।

गत वर्ष चैत मसान्तसम्म बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसा रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ३०.७६ प्रतिशतले बढाउदै प्रतिशेयर आम्दानी २६ रुपैयाँ २५ पैसा कायम भएको छ।

खराब कर्जा

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेकोे छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा ०.१७ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.१२ प्रतिशतमा सीमित भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.११ गुणा बढी छ।

आधार ब्याजदर र कोषको लागत दुबै घट्यो

सानिमा बैंकको आधार ब्याजदर र कोषको लागत दुबै घटेको छ । यस अवधिमा बैंकको आधार ब्याजदर ९.३१ प्रतिशत र निक्षेप संकलन लागत ७.२९ प्रतिशत रहेको छ ।

गत आवको चैत मसान्तमा बैंकको आधार ब्याजदर ९.८८ र निक्षेप संकलन लागत ७.६० प्रतिशत रहेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।