सिर्जना फाईनान्सको नाफामा सुधार, खराब कर्जा बढ्यो

Apr 25, 2019 Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिर्जना फाईनान्स (SFFIL) ले ६ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा एक करोड ३२ लाख रुपैयाँ अर्थात २४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा फाइनान्सले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानीमा संकुचन भएको छ । यद्यपि फाइनन्सको अन्य सञ्चालन आम्दानीमा वृद्धि हुदा नाफा बढेको हो । यस अवधिमा फाइनान्सले १६ करोड २९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । 

चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १६ करोड ७० लाख रुपैयाँ छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ६ अर्ब १७ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरको फाइनान्सले ४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले १० करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतबर्षको तुलनामा एक करोड ५१ लाख रुपैयाँले थोरै हो । गत वर्ष फाइनान्सले १२ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । फाइनन्सले ब्याज खर्चमा उल्लेख्य रुपमा बढोत्तरी गर्दा खुद ब्याज आम्दानी संकुचित भएको हो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ४.८१ प्रतिशत छ । यो गत वर्षको यसै अवधिको भन्दा धेरै हो । गत वर्षको चैत्रसम्म फाइनान्सको खराब कर्जा ३.७० प्रतिशत थियो । फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ २६ पैसा छ । फाइनान्सको मूल्य आम्दानी १४.५३ गुण बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।