फेसबुकको नाफा ५१ प्रतिशतले घट्दा समेत यसकारण बढ्यो शेयरमूल्य

Apr 25, 2019 Merolagani



फेसबुकले यस वर्षको पहिलो त्रैमासमा २ अर्ब ४० करोड डलर अर्थात् २ खर्ब ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो गत वर्षको पहिलो त्रैमासको तुलनामा ५१ प्रतिशतले कम हो।

कम्पनीले डेटा प्राइभेसीसँग सम्बन्धित कानुनी खर्चका लागि ३ अर्ब डलर छुट्याएर राखेको छ। जसका कारण कम्पनीको नाफामा कमी देखिएको हो।

फेसबुकलाई डेटा प्राइभेसी मामलामा फेडरल ट्रेड कमीशन स्वरुप ३ देखि ५ अर्ब डलरसम्मको जरिवाना लाग्नसक्ने भएको छ।

यद्यपी यस जानकारीको लगानीकर्ताहरुमाथि भने कुनै पनि प्रकारको असर देखिएको छैन। बुधबार कारोबारको अन्तिम समयमा फेसबुकको शेयरमूल्य १० प्रतिशतले बढेको थियो।

जनवरी–मार्च त्रैमासमा फेसबुकको आम्दानी २६ प्रतिशतले बढेर १५ अर्ब डलर पुगेको छ । प्रतिप्रयोगकर्ता औसत आम्दानी १६ प्रतिशतले बढेर ६.४२ डलर पुगेको छ । गत वर्षको यसै अवधिमा उक्त आम्दानी ५.५३ डलर रहेको थियो।

यसैगरी दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ८ प्रतिशतले बढेर एक अर्ब ५६ करोड डलर पुगेको छ । मासिक सक्रिय प्रयोगकर्ताहरुको संख्या पनि ८ प्रतिशतले बढेर २ अर्ब ३८ करोड पु्गेको छ ।

यूरोपमा मात्र ४० लाख दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या बढेको बताइएको छ ।

एजेन्सी




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।