असार मसान्तसम्म न्यूनतम चुक्ता पूँजी पुर्याउन बीमा समितिको निर्देशन

Apr 26, 2019 Merolagani

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाईले बीमा कम्पनीहरुलाई असार मसान्तभित्र न्यूनतम चुक्ता पूँजी कायम गर्न निर्देशन दिएका छन्। बुधबार सगरमाथा इन्स्योरेन्सको अनलाईन बीमालेखको उद्घाटन कार्यक्रममा बोल्दै चालु आर्थिक वर्षको अन्यसम्म पूँजी नपुर्याउने बीमा कम्पनी कारवाहीमा पर्ने जानकारी दिए।

बीमा कम्पनीहरुलाई पनि एनएफआरएस लागू गरेकोले वार्षिक साधारण सभा समयमै गर्न नसकेको जानकारी गराउँदै समितिका अध्यक्ष चापाँगाइले भने, ‘चालू आर्थिक वर्ष भित्र सबै बीमा कम्पनीहरुले एनएफआरएस  प्रणालीमा वित्तीय विवरण सार्वजनिक गरेर आर्थिक वर्ष २०७४/७५ को साधारण सभा सम्पन्न गर्नेछन् । त्यसपछि बीमा कम्पनीहरुको लागि चुक्ता पूँजी वृद्धि गर्ने बाटो खुल्नेछ।’

त्यसपछि पनि चुक्ता पूँजी कायम नगरे कडा पाईला चाल्ने उनले चेतावनी दिए। एनएफआरएस लागू गर्दा दायित्व परिक्षण गर्नुपर्ने र त्यसको लागि एक्चुरिअल नभएकोले साधारण सभा समयमै गर्न नसकेको उनले जानकारी दिए।

एनएफआरएस प्रणाली लागू गर्दा साधारण सभामा ढिलाई भएको स्वीकर गर्दै उनले भने, ‘ढिलो भयो भन्ने लाग्न सक्छ तर सकारात्मक सुधारको लागि भएको हो। यसलाई सकारात्मक रुपमा नै हेर्न म सबैलाई आग्रह गर्छु ।’

इन्स्योरेन्स कम्पनीलाई एनएफआएस लागु गरेपछि नेपालको इन्स्योरेन्सलाई हेर्ने नजर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एउटै हुने उनको दाबी छ।

यस्तै उनले बीमा क्षेत्रमो दायरा १७ प्रतिशत पुगिसकेको जनाउँदै यो वर्ष भित्रै २० प्रतिशत पुग्ने समेत दाबी गरे। कुल ग्राहस्थ उत्पादनमा पनि बीमा क्षेत्रको योगदान ३ प्रतिशत पुग्न लागेको उनको भनाई छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।