हाथवे फाइनान्सको नाफा २१ लाख सुधार

Apr 26, 2019 Merolagani

हाथवे फाइनान्स कम्पनी (HATH) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ९८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तेस्रो त्रैमासको तुलनामा फाइनन्सको खुद नाफा २१ लाख रुपैयाँले मात्र सुधार भएको हो। गत वर्षको यसै अवधिमा फाइनान्सले एक करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।

चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष ७ करोड ५७ लाख रुपैयाँले नोक्सानीमा छ । 

समीक्षा अवधिमा ३३ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ३७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तमा फाइनन्सको खुद ब्याज आम्दानी संकुचन भएको छ। यस त्रैमासमा फाइनान्सले एक करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष फाइनन्सले तीन करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनान्समा निष्कृय कर्जा अनुपात २.२६ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८३ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ७४पैसा छ । मूल्य आम्दानी अनुपात १२.९१ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।