स्वरोजगार लघुवित्तको नाफा ५९ प्रतिशत बढ्यो

Apr 29, 2019 Merolagani

स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा एक करोड ५६ लाख रुपैयाँ अर्थात ५९ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले दुई करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी सँगै अन्य सञ्चालन आम्दानीमा सन्तोषजनक सुधार हुदा लघुवित्तको खुद नाफामा बढेको हो ।

चुक्ता पूँजी २६ करोड ९८ लाख रुपैयाँ रहको लघुवित्तको जगेडा कोषमा ८ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्ममा एक अर्ब ११ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ४० करोड २५ लाख रुपैयाँ अरु बैंक तथा वित्तीय संस्था मार्फत ऋण गरेर दुई अर्ब ७७ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १३ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतवर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख अर्थात ५०.११ प्रतिशतले धेरै हो । गत वर्ष लघुवित्तले ९ करोड दुई लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्षको तुलनामा लघुवित्तको निष्कृय कर्जा केही बढेकोे छ । लघुवित्तको खराब कर्जा अनुपात ०.२७ प्रतिशतबाट बढेर ०.८८ प्रतिशतमा पुगेको छ ।

लघुवित्तको प्रतिशेयर अम्दानी २० रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ । मूल्य आम्दानी अनुपात २३.९३ गुणाले बढी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।