एनआईसी एशिया बैंकको थप २ शाखा विस्तार

Apr 30, 2019 Merolagani

एनआईसी एशिया बैंकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र थप २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ। बैंकले काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वरमा र वडा नं ३२, कोटेश्वर कोटेश्वरमा शाखा विस्तार गरेको हो।

कुलेश्वर शाखाको उद्घाटन उप प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केÞÞ सी र कोटेश्वर शाखाको प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरेका हुन्।

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंक शाखा विस्तारलाई जोड दिँदै आएको छ। बैशाख १५ गतेदेखि काठमाडौं उपत्यकाभित्र बालुवाटार, ठूलो भ¥याङ्ग, रामकोट र चाबहिलमा गरि चार र रौतहट जिल्लामा एक गरि ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको थियो।

बैंकले देशभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको करिब १६ लाख ग्राहक छन्।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।