गुडविल फाइनान्सको सुधारात्मक प्रगति, खुद नाफा १६% बढ्यो

May 03, 2019 Merolagani

गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफा १६.१४ प्रतिशतले धेरै हो। गत वर्ष लघुवित्तले दुई करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । 

चैत मसान्तसम्ममा ६ अर्ब ९१ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ७० करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले १६ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा फाइनान्सको खुद ब्याज आम्दानी ७ करोड १२ लाख रुपैयाँले धेरै हो । गत वर्ष फाइनान्सले ९ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात १ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा छ । मूल्य आम्दानी अनुपात २३.२६ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।