ज्योति लाइफको खुद बीमाशुल्क आधा अर्ब बढी

May 03, 2019 Merolagani

ज्योति लााइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५६ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ९२ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको इन्स्योरेन्सले व्यवसाय विस्तार गर्दै यो रकम ५३ करोड ७६ लाख रुपैयाँले बढाएको हो।

इन्स्योरेन्सले तेस्रो त्रैमासमा कुल ५८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४१९ प्रतिशतले बढी हो। गत वर्ष ११ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो।

कम्पनीले लगानी कर्था तथा अन्य आयबाट ४ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको खुद मुनाफामा पनि सुधार आएको छ। गत वर्षको तेस्रो त्रैमासमा ८ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले यस अवधिमा १० करोड ७ लाख रुपैयाँ खुद नाफा कामाएको हो ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४८ करोड २४ लाख र महाविपत्ती कोषमा २ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीले ९ वटा दाबी वापत ३७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।