पाँचथर पावरको शेयर कारोबार सुचारु, पिपिसीएल संकेतमा खरिद बिक्री हुने

May 05, 2019 Merolagani

पाँचथर पावर कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैशाख २२ गते आइतबारदेखि शेयर कारोबार सुरु भएको छ । कम्पनीको आईपिओ बाँडफाँडको दुई महिना पश्चात कारोबार खुलेको हो ।

नेप्सेले पाँचथर पावरको शेयर कारोबारका लागि पिपिसीएल (PPCL) संकेत दिएको छ। पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८६ रुपैयाँ ६२ पैसा देखि अधिकतम २५९ रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार पिपिसीएल कारोबार संकेतमा तोकिएको ओपनिङ्ग रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार आइतबार सुचारु हुनेछ ।

गत फागुन २३ गते बाँडफाँड गरिएको उक्त आईपीओ सहित बैशाख १९ गते बिहीबार कम्पनीले नेप्सेमा कूल ९६ लाख २५ हजार साधारण शेयर सूचीकरण गराएको थियो।

कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सानिमा क्यापिटल मार्फत कूल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।