नेपाल बंगलादेश बैंकले ५४ प्रतिशतले बढायो खुद नाफा

May 07, 2019 Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ८० लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद नाफामा साढे ५४ प्रतिशतभन्दा धेरै बढोत्तरी देखिएको हो । बैंकको वितरण योग्य नाफा भने ६० करोड २५ लाख रुपैंया मात्र छ ।

फराकिलो अन्तरले व्यवसाय विस्तार गरेको बैंकको निष्कृय कर्जा अनुपातमा भार बढेको छ । चैत मसान्तसम्म बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उल्लेखित व्यवसायबाट बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा छ । बैंकको जगेडा कोषमा तीन अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा छ ।

मूल्य आम्दानी अनुपात ११.२६ गुणाले बढी रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको चैतमा १.७७ प्रतिशत रहेकामा अहिले १.८६ प्रतिशत पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।