रिडी हाइड्रोले विद्युत विक्रीको आम्दानी घटेपनि खर्च नियन्त्रण गरेर बढायो नाफा

May 07, 2019 Merolagani

रिडी हाइड्रोपावर (RHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७६ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ५.९९ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोले ७२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत विक्री मार्फतको आम्दानी घटेपनि आयोजना खर्चमा नियन्त्रण गरेसँगै हाइड्रोको नाफामा बढोत्तरी देखिएको हो ।

गत वर्षको यसै अवधिमा ७ लाख २३ हजार आयोजना खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च ५ लाख ७९ हजारमा सीमित राखेको छ । योसँगै हाइड्रोले गैरसञ्चालन खर्च पनि घटाएको छ ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी र अन्य स्रोत मार्फतको आम्दानी भने घटेको छ । गत वर्षको यसै अवधिमा विद्युत बेचेर एक करोड १६ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विद्युत बेचेर एक करोड १५ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

चुक्ता पूँजी ५३ करोड ११ लाख पुर्याएको हाइड्रोको जगेडा कोषमा १२ प्रतिशतले संकुचन देखिएको छ । हाइड्रोको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दनी अनुपात २६०.९९ गुणा बढी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।