विद्युत विक्रीको आम्दानी घटेसँगै सिनर्जी पावरको नाफामा ३६ प्रतिशत गिरावट

May 15, 2019 Merolagani



चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्टको नाफा ३६.३२ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा २ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

कम्पनीको विद्युत विक्री मार्फतको आम्दानी घटेसँगै नाफामा गिरावट देखिएको हो ।

कम्पनीले विद्युत विक्री मार्फत् १४ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा १५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी गत वर्षको यसै अवधिमा एक लाख २० हजार ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । अन्य स्रोत मार्फतको आम्दानी भने ३ लाख ९० हजारबाट ७८ लाख २१ हजार रुपैयाँ पुर्याएको छ ।

कम्पनीले समग्र खर्चलाई भने नियन्त्रण गरेको छ । गत वर्ष १३ करोड ७८ लाख रुपैयाँ समग्र खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च १३ करोड ४९ लाख रुपैयाँमा सीमित राखेको छ ।

७० करोड चुक्ता पूँजी स्थिर राखेको कम्पनीले जगेडा कोषमा सुधार गरेको छ । गत वर्षको यसै अवधिमा १३ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रतिशेयर आम्दानी एक रुपैयाँ ९५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८२ रुपैयाँ ५२ पैसा रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।