ज्योति लाईफ इन्स्योरेन्स र मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता

May 08, 2019 Merolagani



ज्योति लाईफ इन्स्योरेन्स र मेडीसीटी हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिँदै यस कम्पनीले भैंसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौता पश्चात ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथाशेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानीगरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन्।

अस्पताल श्रोत अनुसार अन्तराष्ट्रिय स्तरको भौतिक पुर्वाधार सहितको विशेषज्ञ चिकित्सकहरुबाट उच्च स्तरिया सेवाप्रदान गर्दै आएको नेपाल मेडीसीटी, भारतको राष्ट्रिय मान्यताप्राप्त नेशनलअक्रैडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) बाट मान्यता प्राप्त नेपालको पहिलो र एक मात्रहस्पिटल हो ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।