ज्योति लाईफ इन्स्योरेन्स र मेडीसीटी हस्पिटलबीच सेवा सम्झौता

May 08, 2019 Merolagani



ज्योति लाईफ इन्स्योरेन्स र मेडीसीटी हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रमलाइ निरन्तरता दिँदै यस कम्पनीले भैंसेपाटी, ललितपुरमा अवस्थित नेपाल मेडीसीटी हस्पिटलसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौता पश्चात ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथाशेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले हस्पिटलबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा प्राथमिकता तथा भुक्तानीगरिने बिल रकममा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन्।

अस्पताल श्रोत अनुसार अन्तराष्ट्रिय स्तरको भौतिक पुर्वाधार सहितको विशेषज्ञ चिकित्सकहरुबाट उच्च स्तरिया सेवाप्रदान गर्दै आएको नेपाल मेडीसीटी, भारतको राष्ट्रिय मान्यताप्राप्त नेशनलअक्रैडिएसन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर (एनएबीएच) बाट मान्यता प्राप्त नेपालको पहिलो र एक मात्रहस्पिटल हो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।