समीट लघुवित्तको नाफा ५० प्रतिशतले सुधार

May 09, 2019 Merolagani



समीट लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा एक करोड ४२ लाख रुपैयाँ अर्थात ५० प्रतिशतले बढेको हो ।

गत वर्ष लघुवित्तले दुई करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी २१ करोड ७२ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा ८ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तमा ७३ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६५ करोड ५० लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था माफर्त ऋण लिएर एक अर्ब ६० करोड ३४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ११ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी तीन करोड ६ लाख रुपैयाँले बढेको हो । गत वर्ष लघुवित्तले ८ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.९५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४ पैसा छ । मूल्य आम्दानी अनुपात ३१.३७ गुणा छ ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।