कसले किन्यो सानिमा बैंकको साढे ३२ करोडको संस्थापक शेयर ?

May 09, 2019 Merolagani



बिहीबार नेप्सेमा सानिमा बैंक (SANIMA) को संस्थापक शेयर मात्रै ३२ करोड ५० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । बैंकको १८ लाख ५ हजार कित्ता शेयर प्रति कित्ता १८० रुपैयाँमा एकैदिन कारोबार भएको हो ।

राष्ट्र बैंकले एक जना सञ्चालकले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा ठूलो शेयर होल्डिङ्ग (‘क्रस होल्डिङ्ग’) गर्न नपाउने व्यवस्था गरेपछि सानिमाका एक सञ्चालकले २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक शेयर लिलामी गरेका थिए ।

गत चैतमा लिलामी प्रक्रियाबाट बिक्री भएको शेयर नामसारी गर्दा बिहीबार बैंकको संस्थापक शेयर अधिक मात्रामा कारोबार भएको देखिएको हो । लिलामी शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाले प्रतिकित्ता न्युनतम १८० रुपैयाँ मूल्य आधार मानेर आवेदन पेश गर्न सकिने व्यवस्था गरेको थियो ।

सानिमा बैंकमा डा. बिरेन्द्र महतोको नाममा रहेको शेयरमध्ये १८ लाख ५ हजार कित्ता शेयर बिहीबार बिक्री भएको हो । लिलामीबाट बिक्री गरिएको सम्पूर्ण शेयर कर्मचारी सञ्चय कोषले सकारेको थियो ।

सोही शेयरको नामसारी हुँदा सानिमाको संस्थापक शेयरको उच्च कारोबार भएको हो । बाँकी शेयर अर्को दिन नेप्से मार्फत कारोबार गरी नामसारी हुनेछ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।