बोटलर्स नेपालका दुवै कम्पनीको नाफा घट्यो, नौ महिनामा ९ अर्ब १७ करोडको उत्पादन बिक्री

May 12, 2019 Merolagani

विश्वको चर्चित ब्राण्ड कोकाकोलाको नेपालस्थित उत्पादकहरु बेटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई दुबैको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुबै कम्पनीको खुद नाफामा गिरावट आएको हो ।

बोटलर्स नेपाल बालाजुको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३२.१४ प्रतिशतले घटेर २७ करोड ६३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको हो । गत वर्ष ४० करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

उता बोटलर्स नेपाल तराईको पनि गत आर्थिक वर्षको तुलनामा ४०.०६ प्रतिशतले खुद नाफा घटेर १९ लाख १३ हजार रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वषको यही अवधिमा तराईले ३२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

उल्लेखित दुवै संस्थाले नेपालमा कोकाकोला तथा अन्य पेय पदार्थ उत्पादन तथा बिक्री बितरण गर्दै आएका छन् । बोटलर्स नेपाल बालाजुले तेस्रो त्रैमास सम्ममा ५ अर्ब ७६ करोड २ लाख रुपैयाँ र तराईले ३ अर्ब ४० करोड ७५ रुपैयाँको कोकाकोला बिक्री गरेका छन् ।

दुई कम्पनीको गरी ९ अर्ब १७ करोड रुपैयाँको कोकाकोला तथा अन्य उत्पादन नेपाली बजारले खपत गरेको देखिन्छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा दुवै कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानीको आकार समेत खुम्चिएको हो ।

चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको बोटलर्स बालाजुको जगेडा कोषमा ३ अर्ब ३२ करोड २६ लाख रुपैयाँ संचित छ । यस्तै यस अवधिमा बोटलर्स बालाजुको प्रतिशेयर आम्दानी वार्षिक १७७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ हजार ८७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १० गुणा बढी छ ।

उता चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको बोटलर्स तराईको जगेडा कोषमा २ अर्ब २४ लाख रुपैयाँ संचित छ । यस्तै प्रतिशेयर आम्दानी २१३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ हजार ७५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।