लक्ष्मी बैंकले खोल्यो बिराटनगरको तीनपैनीमा शाखा

May 13, 2019 Merolagani

लक्ष्मी बैंकले बिराटनगरको तिनपैनीमा १०३ औँ शाखा संचालनमा ल्याएकोे छ । प्रदेश नम्बर १ मा बैंकको १९ औँ शाखाका रुपमा नयाँ शाखा सञ्चालनमा आएको हो ।

नयाँ शाखाबाट बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँशाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १२५ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । सबै शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।