सनराइज बैंकमा एक अर्ब तरलता थपियो

May 15, 2019 Merolagani

सनराइज बैंक (SRBL) मा एक अर्ब तरलता (लगानी योग्य रकम) थपिएको छ । बैंकले निष्काशन गरेको १०% सनराइज डिबेञ्चर २०८० ऋणपत्रबाट एक अर्ब रुपैयाँ तरलता थप भएको हो । सनराइज बैंकको १०% सनराइज डिबेञ्चर २०८० ऋणपत्र बैशाख ३१ गते मंगलबार बाडँफाडँ भएको छ ।

योसँगै बैंकसँग थप अब एक अर्ब रुपैयाँ लगानी गर्ने क्षमतामा वृद्धि भएको हो । 

पछिल्लो समय निक्षेपभन्दा कर्जाको माग बढेको कारण बेला बेलामा बैंकहरुमा तरलता संकटको अवस्था देखिँदै आएको छ । उक्त समस्यालाई केही मात्रामा भए पनि न्यूनिकरण गर्न बैंकलाई ऋणपत्र सहयोगि भएको छ ।

बैंकहरुले दीर्घकालिन वित्तीय सुरक्षाको लागि ऋणपत्रलाई उपयुक्त औजारको रुपमा प्रयोग गर्ने गरेका छन्। पूँजीकोष बलियो बनाउने उद्देश्यले ऋणपत्रलाई प्राथमिकता दिएको देखिन्छ।

बैंक वा वित्तीय संस्थाले आफ्नो कुल सम्पत्ति वा कुल जोखिमभारित सम्पत्तिको आधारमा राष्ट्र बैंकले तोकिदिएको अनुपातमा पूँजीकोष कायम गर्नु पर्नेछ । राष्ट्र बैंकले त्यस्तो अनुपात तोक्दा अतिरिक्त पूँजीकोष अनुपात समेत तोक्न सक्नेछ ।

राष्ट्र बैंकले वाणिज्य बैंकको पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । पूँजी कोष अनुपात गणना गर्दा ऋणपत्रलाई पुरक पूँजीको रुपमा गणना गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सनराइज बैंकको पूँजीकोष प्रयाप्तता अनुपात ११.८७ प्रतिशत छ । जसको सिसिडि अनुपात ७९.७३ प्रतिशत छ । एक अर्बको ऋणपत्र पश्चात बैंकको पूँजीकोषमा केहि सुधार हुनेछ भने सिसिडिमा समेत राहात पाउनेछ ।

सनराइज बैंकको १०% सनराइज डिबेञ्चर २०८० ऋणपत्रको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ऋणपत्रको सबै युनिट बिक्री भएको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको थियो । पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

बैंकले निष्काशन गरेको कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरेको हो । जस मध्यको ५ प्रतिशत अर्थात २० हजार युनिट सामुहिक लगानी कोषको लागि छुट्टयाएको बैंकले बताएको छ । बाँकी रहेको ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री खुल्ला भएको थियो । उक्त ऋणपत्र चैत २० गते देखि २०७६ बैंशाख १९ गते सम्म ऋणपत्र निष्काशन भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।