एनएमबि बैंकले ओम डेभलपमेन्टलाई प्राप्ती गर्ने

May 16, 2019 Merolagani



एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा रहेको ओमलाई प्राइमसँग सम्झौता भाँडिएपश्चात एनएमबि बैंकले प्राप्ती गर्ने भएको हो ।

जेठ २ गते बिहिबार दिउँसो होटेल अन्नपूर्णमा दुई बैंकबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

दुबै बैंक तीन महिना भित्र मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्नेमा सहमत भएका छन् । प्राइमसँग सम्झौता भाँडिएपश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो।

हाल स्वाप रेसियोको टुङ्गो लागिसकेको छैन। ओम डेभलपमेन्ट बैंकले मागेको १००ः ८० को स्वाप रेसियोमा मोटामोटी सम्झौता भएको छ । दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन( डिडिए) पश्चात आउने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको छ ।

प्राइम बैंकसँग एक्वीजिशनमा बोनस घोषणाले उत्पन्न गराएको दरार कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको थियो। एनएमबि बैंकको व्यवस्थापनले प्राइमको समस्या नदोहोरिने आवश्वाशन दिएपछि ओम एनएमबि बैंकमा विलिन हुन राजी भएको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ। एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।