एनएमबी ओम मर्जर : डिडिएले स्वाप निर्धाण गर्ने, एनएमबीको शेयर कारोबार रोक्का

May 16, 2019 Merolagani



एनएमबी बैंकले ओम डेभलपमेण्ट बैंकसँगको मर्जरमा शेयर स्वापको विषयमा कुर्नै सम्झौता नभएको बताएको छ । राजधानीमा सार्वजनिक रुपमा मर्जर सम्झौता गर्दै दुवै बैंकले तत्काल डिडिए गरेर आउने नतिजा अनुसार स्वाप निर्धारण गर्ने बताएका हुन् ।

प्राइम कमर्सियल बैंकसँगको मर्जर प्रकृया तोडिए पछि एनएमबीमा जाने निष्कर्षमा ओम डेभलपमेण्ट बैंक पुगेको हो । मर्जरमा जाने सम्झौतामा एनएमबी बैंकका तर्फबाट प्रदीपराज पाण्डे र ओम डेभलपमेण्ट बैंकका तर्फबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै गर्दा बैंकले शेयर आदान प्रदानका सम्बन्धमा डिडिएबाट आउने नतिजा अनुसार अघि बढ्ने प्रष्टोक्ती दियो । आइतबारबाट नै डिडिए प्रकृया अघि बढाएर छिटोभन्दा छिटो नतिजामा पुग्ने बैंकले प्रष्ट पारेको हो ।

विलय नभई मर्जरमा गएका कारण आगामी आईतबारदेखि नै एनएमबी बैंकको शेयर कारोबार रोक्का हुने बताइएको छ ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई संस्थाको मर्जरबाट एनएमबी अझै सबल अनि बलियो हुने विश्वास व्यक्त गरे । त्यसै गरी ओमका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले पनि मर्जर प्रकृया २ महिना भित्रमा पुरा गरी सबल बैंकका रुपमा अघि बढ्ने बताए ।

ओमले यस अघि घोषणा गरेको लाभांस बितरण गरे पछि कायम हुने चुक्ता पूँजीका आधारमा मर्जर हुने बताइएको छ । ओमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरिसकेको छ । अब बैंकले मर्जर प्रस्ताव सहित लाभांस पारित गर्न साधारण सभा आह्वान गर्नेछ ।

उता एनएमबी बैंकले भने गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांस बितरण गरिसकेको छ ।

एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । १२.७० प्रतिशत बोनस वितरणपछि ओमको चुक्ता पूँजी २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

ओमसँगको मर्जर पछि एनएमबिमा रहेको नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वापमित्व घट्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।