ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा १६ करोड ८१ लाख, ४८ करोड दाबी भुक्तानी गर्न बाँकी

May 17, 2019 Merolagani



ओरिएण्टल इन्स्योरेन्स ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा नाफा करिब ४ करोड २५ लाख रुपैयाँले बढी हो।

ओरिएण्टलले गत वर्ष १२ करोड ५६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ५६ करोड २० लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ४८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।

कम्पनीले पुर्नबीमा कमिशनवाट ३ करोड ९८ लाख, लगानी कर्जा तथा अन्यवाट ९ करोड ७ लाख रुपैैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी र पुनर्बीमा कमिशन वापत ६१ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीको बीमा कोषमा ५९ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष २करोड ८७ लाख रुपैयाँले ऋणात्मक थियो।

यस अवधि सम्ममा कम्पनीले १४ हजार ९०१ बीमालेख जारी गरि ६८ करोड ९४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको ४ हजार ६८९ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले एक हजार ३५९ दाबी वापत ४६ करोड ८९ लाख भुक्तानी गरेको छ भने एक हजार १२३ दाबी वापत ४८ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

भारतीय लगानी रहेको यस कम्पनी ओरिएण्टल इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।