ओरिएण्टल इन्स्योरेन्सको खुद नाफा १६ करोड ८१ लाख, ४८ करोड दाबी भुक्तानी गर्न बाँकी

May 17, 2019 Merolagani



ओरिएण्टल इन्स्योरेन्स ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यहि अवधिको तुलनामा नाफा करिब ४ करोड २५ लाख रुपैयाँले बढी हो।

ओरिएण्टलले गत वर्ष १२ करोड ५६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ५६ करोड २० लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ४८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो।

कम्पनीले पुर्नबीमा कमिशनवाट ३ करोड ९८ लाख, लगानी कर्जा तथा अन्यवाट ९ करोड ७ लाख रुपैैयाँ आम्दानी गरेको छ। यस्तै कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी र पुनर्बीमा कमिशन वापत ६१ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीको बीमा कोषमा ५९ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष २करोड ८७ लाख रुपैयाँले ऋणात्मक थियो।

यस अवधि सम्ममा कम्पनीले १४ हजार ९०१ बीमालेख जारी गरि ६८ करोड ९४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको ४ हजार ६८९ बीमालेख नवीकरण भएका छन् ।

कम्पनीले एक हजार ३५९ दाबी वापत ४६ करोड ८९ लाख भुक्तानी गरेको छ भने एक हजार १२३ दाबी वापत ४८ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

भारतीय लगानी रहेको यस कम्पनी ओरिएण्टल इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।